छात्रवृत्तिमा एमबीबीएस र बीडीएसमा अध्ययनका लागि दरखास्त खुल्यो



०६ कार्तिक २०७६, काठमाडौं

छात्रवृत्तिमा एमबीबीएस तथा बीडीएसमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले बुधबार सूचना जारी गरी योग्यता पुगेका इच्छुक व्यक्तिले ६ कात्तिक देखि २० कात्तिकसम्म अनलाइनमार्फत दरखास्त दिनसक्ने जनाएको छ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ अनुसार सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानमा एमबिबिएस तथा बिडिएसमा ७५ प्रतिशत छात्रवृत्ति दिने व्यवस्था छ। यो यसैपालि देखि लागु हुदैं छ।

त्यस्तै, मन्त्रालयले काठमाडौंं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वदेशी लगानीका शिक्षण संस्थामा २० प्रतिशत एवं विदेशबाट प्राप्त हुने २० प्रतिशत छात्रवृत्तिमा मनोनयन गर्न योग्यताक्रम कायम गर्ने प्रयोजनका लागि पनि दरखास्त आह्वान गरेको हो।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ मा भएको व्यवस्था अनुसार सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानमा एमबिबिएस तथा बिडिएसमा ७५ प्रतिशत, निजी मेडिकल कलेजमा १० प्रतिशत र विदेशी लगानी भएका निजी मेडिकल कलेजमा २० प्रतिशत छात्रावृत्ति छुट्याइएको छ।

प्रतिक्रिया दिनुहोस्