धेरै पटक गर्भधारण गर्ने महिलाको चाहनाः २२औं पटक गर्भवती भएको घोषणा



०५ कार्तिक २०७६, काठमाडौं

भिन्न–भिन्न मानिसको भिन्नै चाहना हुन्छ। यस्तै–यस्तै चाहना मध्ये बढी बच्चा जन्माउने चाहना बोकेकी एक महिलाले आफु २२ औं पटक गर्भवती भएको घोषणा गरेकी छिन्।

सुपरममका नामले समेत चर्चित ४४ वर्षीया ब्रिटिश महिला सू राडफोर्ड फेरि एकपटक गर्भधारण गरेको बताएकी हुन्। २१ औं बच्चाले घेरिएकी उनले अब २२ औं बच्चालाई जन्म दिने बताएकी हुन्।

उनका पति नोएल भने ४८ वर्षका पुगेका छन्। ब्रिटेनको मोरेकैम्बेमा बस्ने नोएल–राडफोर्डको परिवारलाई ब्रिटेनको सबैभन्दा ठूलो परिवारका रुपमा लिइन्छ। एक यूट्यूब भिडियोमा महिलाले अल्ट्रासाउण्डको रिपोर्ट देखाउँदै आफू फेरि गर्भवती भएको जानकारी दिएकी छन्।

२०१८ मा पछिल्लो बच्चा जन्माएकी सूले आफुले पछिल्लो गर्भधारण गरेको १५ हप्ता भएको जनाएकी छिन्। यसपटक छोरालाई जन्म दिन चाहना रहेको पनि उनले बताएकी छिन्। यस पटक छोरा जन्मिए उनका ११ छोरा र ११ छोरी हुनेछिन्।

ब्रिटेनकै सबैभन्दा ठूलो परिवारको पारिवारिक खर्च के ले धान्ला सबैलाई उत्सुक हुनु स्वाभाविक हो। उनको परिवार धान्ने व्यवसाय भने पारिवारिक बेकरी बिजनेस रहेको बताइएको छ।

१० कोठाको घरमा परिवारका सबै सदस्य बस्ने गरेको पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्