नेपाल अप्टोमेट्री स्टुडेन्टस् अध्यक्षमा कोइराला



०५ कातिर्गक २०७६, काठमाडौं

नेपाल अप्टोमेट्री स्टुडेन्टस् अध्यक्षमा बिपिन कोइराला सर्वसम्मत निर्वाचन भएका छन्।

चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज मेडिकल क्याम्पस अन्तर्गत अप्टोमेट्री (दृष्टि विशेषज्ञ) विद्यार्थीहरुको संगठन नेपाल अप्टोमेट्री स्टुडेन्टस् सोसाइटीको ४ कात्तिकमा बसेको वार्षिक सम्मेलनबाट उनी अध्यक्षमा निर्वाचित भएको संस्थाका निवर्तमान अध्यक्ष कपिल गौतमले जानकारी दिए।

यो १९ औ कार्यकारी समितिमा उपाध्यक्षमा श्वेता तिमिल्सिना, सचिवमा आरती झा र कोषाध्यक्षमा एलिजन दुवाल निर्वाचित भएका छन्। यसका साथै संस्थाका सिनियर सदस्यमा चिरन्जिवी प्रसाद शाह पनि सर्वसम्मत निर्वाचित भएका छन्।

अप्टोमेट्री विद्यार्थीहरुको साझा संगठन नेपाल अप्टोमेट्री स्टुडेन्टस् सोसाइटीकोले बिगत लामो समय देखी नेपालमा अप्टोमेट्री विद्यार्थीहरुको हकहितकालागी काम गर्दैआएको छ।

यसका साथै यो संस्थाले देशका बिभिन्न ठाउँ तथा बिद्यालयहरुमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम तथा आँखा शिबिरहरु पनि आयोजना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्