भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईँदै



०३ कार्तिक २०७६, काठमाडौं

देशभरिका बालबालिकाहरूलाई आज भिटामिन ‘ए’ खुवाईदैछ।

जन्मेको ६ महीनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल) खुवाईँदैछ।

छ महिनादेखि दुई वर्षभित्रका बालबालिकालाई बालभिटा र पाँच वर्ष मुनिका बालबालिकाको पाखुराको नाप लिइने स्वास्थ्य तथा जनसङ्या मन्त्रालयले जनाएको छ।

हिजो खान छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने छ । बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिने गरिन्छ। स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ‘ए’ कार्यक्रमका लागि ७ सय ५३ वटै पालिकाका ५२ हजार बुथमा सोही सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

बालबालिकालाई रोगसित लड्न सक्ने प्रतिरोधी क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यकता पर्ने गर्छ । खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई वर्षेनि खुवाईने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्