रौतहट बम बिस्फोटका घाइतेहरु प्रहरी सम्पर्कमा, अब अनुसन्धान सहज हुने



०३ कार्तिक २०७६, काठमाडौं

२०६४ चैत २७ गते साँझ रौतहटको राजपुरमा भएको बम बिस्फोटका जीवित घाइतेहरु रौतहट प्रहरीको सम्पर्कमा आएका छन् ।

बम बिस्फोटका सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घाइते अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने बताइएको छ ।

घटना पुष्टिका लागि पर्याप्त प्रमाण प्रहरीले घाइतेहरुबाटै संकलन गरिसकेको जनाइएको छ ।

अनुसन्धान क्रममा एक सातादेखि प्रहरी हिरासतमा रहेका घटनाका आरोपित सांसद महम्मद आफताब आलमले बयानका लागि मुखै नखोले पनि बिस्फोटमा परेर घाइते भएका दुईजनाले बताए दिइसकेका छन् । यो समाचार आजको नागरिक दैनिकमा मदन ठाकुरले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्