‘मैले सोनिकालाई असल मित्रको नाताले चुप्पा गरेको हुँ’



०२ कार्तिक २०७६, काठमाडौं

यूट्युबर सोनिका रोकायालाई चुम्बन गरेको तस्वीर सार्वजनिक भएपछि लेखक तथा पत्रकार दिलनिशानी मगरले प्रष्टिकरण दिएका छन्।

उनले आफूले सोनिकालाई असल मित्रको नाताले चुप्पा खाएको बताएका छन्। सामाजिक संजालमा पूर्वयुवराज पारस शाहसँगको सम्बन्धले चर्चा पाइरहँदा पत्रकार मगरसँगको तस्वीर पनि सार्वजनिक भएको थियो।

आफ्ना समर्थक र साथीहरुले अनेक प्रश्न गरेपछि पत्रकार मगरले प्रष्टिकरण दिएका हुन्। ‘मैले सोनिकालाई एउटा असल मित्रको नाताले चुप्पा गरेको हो। सोनिका खुला दिलकी युवती हुन्। उनी कस्को बाइकमा चढ्ने उनको कुरा हो। त्यो हाम्रो पुरानो फोटो चाहिँ अहिले किन देखाउनु परेको हो?’उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्