ठगी गरेको आरोपमा २३ वटा ट्रक–टिपरसहित १३ जनालाई पक्राउ



०१ कार्तिक २०७६, काठमाडौं

तोकिएको भन्दा कम सामान दिएर ठगी गरेको आरोपमा प्रहरीले १८ वटा डिपोका २३ वटा ट्रक–टिपरसहित १३ जनालाई पक्राउ गरेको छ।

उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

ढुंगा, गिट्टी, बालुवासहित नदीजन्य पदार्थ तोकिएको भन्दै कम दिएर उपभोक्ता ठगी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्