रक्सीका लागि २५ हजारमा आफ्नै छोरालाई नै बेचेपछि……….



०१ कार्तिक २०७६, काठमाडौं

भारतको ओडिसास्थित भद्रक सहरका एक बाबुले रक्सीकै लागि आफ्नै छोरालाई २५ हजारमा बेचेका छन्। उनले आफ्नो एक वर्षको छोरालाई २५ हजार भारुमा बेचेका हुन्।

निः सन्तान दम्पतिलाई २५ हजारमा छोरो बेचेपछि प्राप्त रकमबाट उनले मोबाइल फोन, गहना, कपडा खरिद गरे भने बाँकी रकम रक्सीमा खर्च गरेका थिए।

घटना सार्वजनिक भएपछि प्रहरीले पाण्डिया मुखी नामका ती अभियुक्त र उनका एक छिमेकीलाई पक्राउ गरेको थियो। प्रहरीले ती बच्चाको सकुशल उद्दार गरेर आमालाई दिएका थिए।

अदालतको आदेशमा बच्चा बेच्ने बाबु र उनका छिमेकीलाई जेल पठाइएको छ। बच्चा खरिद गर्नेले केही वर्ष पछि सडक दुर्घटनामा आफ्नो सन्तान गुमाएका थिए।

उनले बच्चा खोजिदिनका लागि दलाल समेत लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले दलाललाई ४५ हजार भारु दिएको जनाएका छन्। तर दलाले २५ हजारमा बच्चा खरिद गरी २० आफै राखेको अनुसन्धानका क्रममा खुलेको छ।

प्रतिक्रिया दिनुहोस्