एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी



०१ कात्तिक २०७६, काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्।

अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई १११ मतले पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन्।

यस्तै एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन्। औपचारिक घोषणा हुन भने बाँकी रहेको बताइएको छ।

निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए।

गएराति ११ बजेदेखि मतगणना सुरु भएको थियो। बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो।

आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्