अध्यक्षका प्रत्यासी कूल आचार्य बेलायतमै पछाडि



३० असोज २०७६, काठमाडौं

हिजो हुने एनआरएनए निर्वाचन प्राविधिक कारणले रोकिएपछि अन्य देश र क्षेत्रमा कुमार पन्तलाई असर परेपनि बेलायतमा भने फाईदा भएको बुझिएको छ ।

मतदानबाट बाहिरिएका ५ मतदातासँग कुराकानी गर्दा उनीहरुले हिजोसम्म निकै मतदाताहरु आफ्नै देशबाट उठेका कूल आचार्यलाई जिताउने पक्षमा रहेका भएपनि आचार्यले अत्यधिक राजनीति गरेको कारण आफूहरूले नसघाएको उनीहरुको भनाइ छ।

नाम उल्लेख गर्न नचाहने केही प्रतिनिधिहरुले भने कुमार पन्त समूहबाट महासचिवमा उठेका डा. हेमराज शर्माको कारण धेरै मतहरु फेरिएको बताएका छन् ।

उनीहरूले दिएको जानकारी अनुसार हिजो मतदान भएको भए पन्तको पक्षमा ६० प्रतिशत मतदान हुने थियो । आज झण्डै उल्टो भई पन्तको पक्षमा ५८ देखि ६० प्रतिशत मत खस्ने बताएका छन् ।

उता पन्तको गृह देश जर्मनीमा भने उनले ७० प्रतिशत मत ल्याउने उनका समर्थकहरुले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्