पायल्सबाट छुटकारा पाउन यसो गर्नुहोस्



३० असोज २०७६, काठमाडौं

पछिल्लो समय पायल्स रोगका बिरामीहरु दिन–प्रतिदिन बढ्दो अवस्थामा रहेको छ। विशेषगरी मानिसले दैनिक खानपानमा ध्यान नदिँदा यस्तो रोगको जोखिम झन बढ्ने बढ्ने चिकित्सकहरु बताउँछन्।

पायल्सको मूख्य कारण कब्जियत हो। जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ। त्यही बलले भित्रका रक्तशिरालाई तन्काइ दिन्छ। यो क्रमशः फैलन थाल्छ र गिर्खा बन्न थाल्छ।

पायल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। जुन रोग निको पार्न सक्ने केही घरेलु विधि यस प्रकार रहेका छन्।

जुन विधि अपनाउँदा पायल्स हुन नदिन र पायल्स भएकाहरुलाई निको पार्न उपयोगीसिद्ध हुनेछ।

पायल्स भएका विरामीहरुका लागि घ्यूकुमारी अचुक औषधी हो। पायल्स भएमा विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्दछ।

बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३–४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ।

काँचो केरा उसिनेर बिहान–बेलुका खाँदा पनि पायल्स रोगीका लागि उत्तिकै लाभदायिक हुन्छ। पायल्सका रोगीले तारेको,भुटेको तथा रेशारहित खाना खानु हुँदैन। कब्जियत हुन नदिन रेसायुक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ।

अलिभ (जैतुन)को तेल लगाउँदा पायल्सका विरामीहरुका लागि राहत मिल्छ। मुलाको रस बिहान–बेलुका खाँदा पायल्सका रोगीलाई फाइदा हुन्छ। आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ।

दिसा गर्दा समस्या हुनु नै यसको मूख्य लक्षण हो। मलाशयमा भारीपन हुने, दिसा राम्रोसँग नहुने, दुख्ने जस्ता यसका सुरुवाती लक्षण हुन्। जति–जति रोग बढ्दै जान्छ,उत्तिनै दुखाई बढी हुन्छ। गुद्वारमा मासुको डल्ला निस्कने, त्यसमा चिलाउने पनि हुन्छ।

कब्जियत हुन नदिनका लागि खानपानमा बिषेष ध्यान पुर्याउनुपर्दछ। किनभने अपच हुने खानेकुराहरु जस्तैः मैदाबाट बनेका, प्याकेटमा राखिएका, तारेका, भुटेका, जंक फूड, मसलेदार, मासुजन्य खानेकुरा कब्जियतको कारण बन्छ।

स्वस्थ्य खानपान र जीवनशैलीले यस्तो समस्या निवारण गर्न सकिन्छ। पायल्सको समस्या छ भने चाहि त्यसको प्रकृति अर्थात श्रेणी अनुसार उपचार विधि अपनाउनु पर्दछ। सामान्यतयाः स्थितिमा खानपान,जीवनशैली, व्यायाम इत्यादिबाट यसको निदान गर्न सकिन्छ।

पायल्स भएको अवस्थामा बोसोयुक्त, तारेको, भुटेको, मसलेदार, मासुजन्य, दुधजन्य, मैदाबाट बनेका, कार्बोनेटेड ड्रीकं इत्यादिको सेवन गर्नुहुँदैन। त्यस्तैः मदिरापान, धुमपानले पनि यसलाई जटिल बनाउँछ।

प्रतिक्रिया दिनुहोस्