
३० भदौ २०७६, काठमाडौं
कैलालीमा एक बालिका बेचबिखन गर्न खोजेको आरोपमा स्वयमसेवीकासहित तीनजनालाई प्रहरीले पक्राउ परेका छन्।
चुरे गाँउपालिका–६ की १३ वर्षिया बालिकालाई बिवाहको बहानामा बेच्न खोजेको आरोपमा चुरे गाँउपालिका–६ गजारकी स्वयमसेवीका कल्पना भनिने कलावती बोहरासहित अन्य दुईजनालाई प्रहरीले पक्राउ गरेका हुन्।
कैलालीको चुरे गाँउपालिका सहजपुरबाट उनीहरुलाई पक्राउ गरिएको फल्टुडे प्रहरीले जानकारी दिएको छ।
स्वयंसेविकाकासँगै डोटीको शिखर नगरपालिका वडा–३ का पदम ताम्राकार र डम्बरी ताम्राकारलाई पनि पक्राउ गरिएको फल्टुडेका प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए।





