एनआरएनए निर्वाचन मत सर्वेक्षण: कुमार पन्तलाई अमेरिका ६० र क्यानडाबाट ८० प्रतिशत मतदान हुने दावी



३० असोज २०७६, काठमाडौं

गैर आवासीय नेपाली संघको काठमाडौंको हायात होटलमा जारी मतदानमा परिवर्तन खबरको टिमले मतदान गरि फर्किएका मतदाता र एनआरएनकर्मीसँग गरिएको कुराकानीको आधारमा पछिल्लो समय अध्यक्षका प्रत्यासी कुमार पन्तको माहोल अमेरिकाज क्षेत्रमा सुदृढ देखिएको छ ।

पूर्व एनआरएनए अमेरिकाका बोर्ड अफ डाईरेक्टर संजय थापाका अनुसार अध्यक्षमा कुमार पन्त, उपाध्यक्षहरुमा डा. बद्री केसी, शोनाम लामा, धर्मराज अधिकारी, महेन्द्र कुमार श्रेष्ठ, सचिव गौरी राज जोशीको पक्षमा अमेरिकाबाट ६० प्रतिशत र क्यानडाबाट ८० प्रतिशत मतदान हुने दावी गरे ।

अन्य पदहरुमा व्यक्ति अनुसार फरक नतिजा आउने समेत थापा समूहको आँकलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्