एनआरएनए निर्वाचन मत सर्वेक्षण: अष्ट्रेलिया ओसेनीया ६० प्रतिशत



३० असोज २०७६, काठमाडौं

गैर आवासीय नेपाली संघको काठमाडौंको हायात होटलमा जारी मतदानमा परिवर्तन खबरको टिमले मतदान गरि फर्किएका मतदाता र एनआरएनकर्मीसँग गरिएको कुराकानीको आधारमा पछिल्लो समय अध्यक्षका प्रत्यासी कुमार पन्तको माहोल अष्ट्रेलिया ओसेनीया खस्किएको बुझिएको छ ।

पूर्व एनआरएनए आईसीसी सदस्य भैरव प्रसाद ढकालका अनुसार अष्ट्रेलियाका १७५, न्युजिल्याण्डका ८४ र पपन्युगोनीका ३ भोट मध्ये एक हप्ता अगाडी सम्म कुमार पन्तको पक्षमा अत्यन्तै राम्रो माहोल थियो ।

अहिले विविध कारणले मतदाताको संख्या घटेर कुमार पन्तको समूहलाई ६० प्रतिशत र कुल आचार्यको समूहलाई ४० प्रतिशतको हाराहारीमा मत खस्ने आँकलन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्