एनआरएनए निर्वाचन मत सर्वेक्षण: मध्यपूर्वमा कुमार पन्तलाई ७० प्रतिशत मत खस्ने



३० असोज २०७६, काठमाडौं

गैर आवासीय नेपाली संघको काठमाडौंको हायात होटलमा जारी मतदानमा परिवर्तन खबरको टिमले मतदान गरि फर्किएका मतदाता र एनआरएनकर्मीसँग गरिएको कुराकानीको आधारमा अध्यक्षका प्रत्यासी कुमार पन्तलाई ७० प्रतिशत र कुल आचार्यलाई ३० प्रतिशत मत खस्ने सर्वेक्षणमा देखिएको छ ।

शेष घलेको नेतृत्वमा एनआरएनएको उपाध्यक्ष भएका टि.बी. कार्कीले अध्यक्ष कुमार पन्त र उपाध्यक्षहरुमा डा. बद्री केसी, धर्मराज अधिकारी, अर्जुन कुमार श्रेष्ठ र शोनाम लामालाई कुल मतको ७० प्रतिशत खस्ने दावी गरे ।

यसैगरी मध्यपूर्वका पूर्वक्षेत्रीय उप–संयोजन उमेश अधिकारीले मध्यपूर्वमा रहेका साउदी, दुवई, ओमान, कुवेत र बहराईनमा रहेका कुल ६२० मत मध्ये ५५० भन्दा बढी मत खस्ने जसमा सचिव आरके शर्मा, उपाध्यक्षमा नरेन्द्र भाटलाई ९० प्रतिशत र कुमार पन्तको अन्य समूहलाई ७० प्रतिशत मत खस्ने ठोकुुवा गरे ।

प्रतिक्रिया दिनुहोस्