कानुन बनाउने नै कठघरामा, पाँच जना सांसद निलम्बनमा



३० असोज २०७६, काठमाडौं

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा महरासहित पाँच सांसदलाई प्रहरीले नियन्त्रणमा लिएसँगै उनीहरु निलम्बनमा परेका छन् ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एक सांसदको निधन र पाँचजना निलम्बनमा परेपछि सदस्य संख्या २ सय ६९ मा सीमित भएको छ ।

सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी फागुनमा निधन भएको थियो । यही मंसिर १४ गते त्यहाँ उपनिर्वाचन हुँदैछ । यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्