मृगौला किनबेचको आरोपमा निदान अस्पतालका ५ जना पक्राउ



२९ असोज २०७६, काठमाडौं

नक्कली व्यक्ति खडा गरेर मृगौला प्रत्यारोपण गरेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले निदान अस्पतालका कार्यकारी निर्देशक (सिईओ) बिपेन्द्र प्रधानसहित पाँच जनालाई पक्राउ गरेको छ।

ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेर किनबेच तथा प्रत्यारोपण गराएको भन्ने सूचनाको आधारमा मानव बेचविखन अनुसन्धान व्यूरोको टोलीले उक्त घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको ह

प्रहरीले निदान अस्पतालका सिईओ बिपेन्द्र प्रधानसहित अस्पतालका कानुनी सल्लाहकार कुमुद कुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र मृगौला ग्रहण गर्ने बिरामी शंकरलाल लामालाई पक्राउ गरेको हो।

उनीहरुविरुद्ध मानव बेचविखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ अनुसार अनुसन्धान र कारबाही हुने मानब बेचविखन अनुसन्धान व्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्