महिनावारी भएको बेला यसो गर्नुहोस्



२९ असोज २०७६, काठमाडौं

महिलाका लागि महिनावारी नियमित प्रक्रिया नै हो। २८ दिनको चक्रका रुपमा आउने यो प्रक्रिया प्राकृतिक हो।

त्यसैले यो अवस्थामा आउने परिवर्तन र समस्याका बारेमा जानकार रहेर आफ्नो ख्याल आफ‍ैं गर्नु बुद्धिमानी हुनेछ।

महिनावारी भएको बेला यी कुराहरुमा ध्यान दिनुहोस्ः

–महिनावारीका समयमा योनाङ्गबाट रगत बग्ने हुन्छ। यसर्थ, यसको सरसफाइमा विशेष ध्यान दिनुपर्दछ। यदि, सरसफाइको कमी भएमा कतिपय अवस्थामा संक्रमणसमेत हुन सक्छ।

–सकेसम्म स्यानेटरी प्याड र सफा सुती कपडाको प्रयोग गर्नुपर्छ। प्याड हरेक ४÷४ घन्टामा फेर्नुपर्दछ। एउटै प्याड लामो समय राख्दा ब्याक्टेरिया फैलन सक्ने सम्भावना हुन्छ।

–यो वेलामा शरिरमा आइरनको कमी हुने भएकाले पोषणयुक्त खानेकुरा खानुपर्दछ।

–दुखाइ कम गर्ने नाममा अनावश्यक औषधि सेवन गर्नु हुँदैन।

–यो वेला यौनाङ्गबाट पाउडर र क्रिमजस्ता वस्तु प्रयोग गर्नु हुँदैन। जसले इन्फेक्सन गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्