सावधानः यस्तो व्यक्तिले भुलेर पनि अनार नखानुहोस्



२९ असोज २०७६, काठमाडौं

फलफुल स्वास्थ्यको लागि निकै फाईदाजनक मानिन्छ। विभिन्न फलफुलको सेवनले स्वास्थ्यलाई अनेकौं लाभ पुर्याईरहेको हुन्छ।

जसमा अनार पनि स्वास्थ्यको दृष्टिले निकै फाइदाजनक फलफुल अन्तर्गत पर्दछ। अनारले शरिरमा रगतको मात्रा बढाउन मदत गर्दछ।

अनारमा फाइबर, भिटामिन ए, भिटामिन सि, भिटामिन के, फोलिक एसिड र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा पाईन्छ। अनार स्वास्थ्यका लागि मात्र नभई सौन्दर्यका लागि पनि उत्तिकै फाईदाजनक मानिन्छ।

अनारको नियमित सेवनले मानिसमा यौन क्षमतामा वृद्धि हुने, स्मरण शक्ति बढाउने, हड्डी मजबुत बनाउने तथा शरिरको दुखाई कम गर्ने सम्बन्धित विज्ञहरुको भनाई छ।

तर, केहि यस्ता बिरामी पनि हुन्छन् कि जसले अनार खानु उपयोगि हुँदैन। यस्ता व्यक्तिले अनार खानु राम्रो मानिदैन। स्वास्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्ने सम्भावना बढी मात्रामा हुन्छ।

त्यसैले, जान्नुहोस् यस्ता व्यक्तिले अनार खानुहुँदैनः

कब्जियतः

अनारमा फाईबर्सको मात्रा अधिक हुने हुदा कब्जियत र पेटमा ग्यास बढाउछ। त्यसैले यस्तो कब्जियत रोगीले अनार खानुहुँदैन।

तौल घटाउन चाहने व्यक्तिः

तौल घटाउन चाहने व्यक्तिले अनार खानुहुँदैन। किनभने, अनार खादा तौल घट्नुको साटो उल्टो बढ्न थाल्छ।

प्रेसर लो हुने व्यक्तिः

अनारमा पाइने एंटीआक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुँदैन।

मधुमेह रोगीः

अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुँदैन।

औषधि लिइरहेको व्यक्तिः

यदि तपाई बल्ड प्रेसर वा कोलेस्ट्रोल कम गर्ने औषधि लिनु हुन्छ भने अनार खानु हुँदैन अनार खादा औषधिले काम गर्दैन।

दम रोगीः

दम रोगीले अनार खादा दम झन् बढ्ने हुदा दम रोगीले अनार खानु हुँदैन।

कलेजोमा समस्या भएका व्यक्तिः

अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार खानु हुँदैन।

प्रतिक्रिया दिनुहोस्