नेपाल भारत–ऊर्जा बैठक, प्रशारण लाइन बराबरी लगानीमा



२९ असोज २०७६, काठमाडौं

नेपालमा उत्पादिन बिजुली अन्य मुलुकमा लैजान महत्वपूर्ण पूर्वाधार मानिएको ४०० केभी क्षमताको न्यु बुटबल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइन बराबरी लगानीमा बनाउन नेपाल र भारतबीच सहमति भएको छ ।

भारतको बैंग्लोरमा भएको नेपाल र भारतका ऊर्जा सविचस्तरीय बैठकले सोमबार प्रशारण लाइन निर्माणको मोडालिटी टुंग्याउने सहमति गरेको हो ।

बराबरी स्वपुँजी भएको कम्पनी स्थापना गरी प्रशारण लाइन बनाउने नेपाली पक्षको प्रस्तावमा भारतले सहमति जनाएको हो । यो समाचार कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्