को हुन् -कुमार पन्त ? जसले एनआरएन चुनावमा क्लिन स्वीप गर्दै छन् !



२८ असोज २०७६, मङ्गलबार, काठमाडौं

सन् १९७६ मा फुजेल गोरखामा जन्मिएका कुमार पन्त बुवाको १००० डलर लिएर १९९७ मा युरोप छिरेका थिए। आवश्यक खर्चको लागि बुवाले दिएको पैसा केहि दिनमै सकिएपछि भान्जे दाईले खर्च पठाएर उनलाई जर्मनीमा झिकाएका थिए ।

एथेन्स पुगेर फ्र्यांकफर्ट छिरेका कुमारले शुरुवाती दिनमा युनिभर्सिटी पढ्दै होटलमा रात्रीकालिन काम गरे। उनको मेहनत र ईमान्दारीबाट प्रभावित साहुले उनलाई काम गरेको आठ महिनामै होटलको म्यानेजरको जिम्मेवारी दिए। त्यसको केहि समयपछि कुमारले सिंगो होटल व्यवस्थापनको जिम्मेवारी पाए।

चार वर्षसम्म होटल म्यानेजरमा ईमान्दारीपूर्वक काम गरेका कुमारले एउटा ब्रोकरले घर भाडामा लिएर होटल संचालन गर्ने सुझाव दियो र आवश्यक सहयोग पनि गर्यो। भाडामा लिएको बिल्डिङको मर्मत, रंगरोगन र टेलिफोन जोड्दा नै उनको सबै पैसा सकियो।

पैसा नपुगेपछि बिल्डिङ मालिकलाई होटल तपाईंकै हुन्छ, म्यानेजर बनेर सुरुदेखि नाफा कमाएर देखाउँछु भन्दा समेत मालिक मेरो क्षेत्र होईन भन्दै पन्छिए। गुगल सर्च मार्फत फर्निचर भाडामा दिने कम्पनी खोज्दा खोज्दा सबैले प्रोफाईल मागेर हैरान पारे तर उनीसँग त्यो हुने अवस्था नै थिएन। केहि उपाय नलागेपछि पन्तले आफू म्यानेजर भएको होटलको छेउमा भाडामा सामान सप्लाई गर्नेलाई गुहारे । उनको मेहनत र लगनशीलताबाट प्रभावित छिमेकीले मासिक किस्ताबन्दीमा डेढ लाख युरोको फर्निचर मिलाइदियो ।

उनको अथक प्रयासपछि सन् २००६ मा फ्र्यांकफर्टको मुटुमा एभरेस्ट होटल खुल्यो ।होटल शुरुवातीको चार वर्षपछि होटल गोथे र गोथे अपार्टमेन्ट होटल समेत थप्न सफल भए -कुमार।

२००४ बाट गैरआवासीय नेपाली (एनआरएन)को अभियानमा जोडिएका कुमारको एनआरएनका थालनी गर्ने जिवा लामिछानेसँग बारम्बारको भेटघाट पछि उनीबाट प्रभावित जीवालाई साझेदारीका लागि प्रस्ताव गरे । मस्कोमा व्यवसाय गरिरहेका लामिछानेलाई अन्य क्षेत्रमा व्यवसाय विस्तार गर्ने ईच्छाले दुबैको कुरा मिल्यो।

कुमार र जीवाको साझेदारीमा खुलेको फ्र्यांकफर्टमा होस्टर हफ होटल खुल्यो, जुन कुमारको चौथो र जिवाको पहिलो होटल थियो । चौथो होटलदेखि कुमारसँग जोडिएका जीवाको साथमा पाँचौ होटल गोथे बिजनेस खोल्दा शेष घले पनि साझेदारीमा जोडिए। अध्यक्ष भएपछि शेष र जीवाको दूरी बढ्यो तर कुमार र जीवाको साझेदारी निरन्तर चलिरह्यो। एकल र साझेदारी गरेर अहिले युरोपमा उनका १० तारे होटलहरु छन्। युरोपमा धेरै होटल चलाएका कुमारलाई मातृभूमी नेपालमा पनि होटल संचालन गर्ने अभियानमा लागेका छन्।

 

कुमार पन्तको एनआरएन यात्रा :

२००४ मा एनआरएन अभियानमा जोडिएका पन्त २००९-२०११ मा अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य भए। २०११ -०२३ मा युरोप संयोजक भएका पन्त २०१३-२०१५ मा आईसीसी महासचिव भए। २०१५ देखि आईसीसी उपाध्यक्ष भएका पन्तले २ कार्यकाल आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन्।

वर्तमान अध्यक्ष भवन भट्टको समूहबाट अत्यन्तै लोकप्रिय मत पाएर उपाध्यक्षमा निर्वाचित पन्त अध्यक्षका शसक्त उम्मेदवार हुन्।

आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै आफ्ना ५ मुख्य काम प्रस्तुत गरेका पन्तले लगानीमा योगदान, नागरिकता र मतदान अधिकार, सम्मानपूर्ण वैदेशिक रोजगारी, दीगो संगठन र व्यापक सहभागितालाई जोड दिएका छन्।

समावेशी र भूगोल अनुभव सहित सर्वपक्षीय र सर्वदलीय उनको टिममा एनआरएन हस्तीहरु समेटिएका छन्। जसमा उपाध्यक्ष डा. बद्री केसी, सोनाम लामा, महासचिव डा. हेमराज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ सहित समेटिएका छन्।

ग्रासरुटदेखि काम गरेका पन्तसँग सबै महादेशका अधिकांश प्रतिनिधिहरुको साथ रहेको चर्चा नोमिनेशन देखिनै चल्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्