नेपाली काँग्रेसका सांसद आलमलाई म्याद थप



२८ असोज २०७६, काठमाडौं

नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले ७ दिनको म्याद थप गरेको छ।

सांसद आलम १३ जनालाई जलाएर मारेको आरोपमा पक्राउ परेपछि अनुसन्धानको लागि अदालतले म्याद गरिएको जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डीएसपी नवीन कार्कीले जानकारी दिएको हो।

प्रहरीले आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै १५ दिन मागेकोमा अदालतले ७ दिनको म्याद थप गरेको डीएसपी कार्कीले बताए।

२०६४ साल चैत २७ गते राजपुरमा भएको बमकाण्डका आरोपी सांसद आलमलाई इद्रिसगेटमा समात्नुअघि पक्राउ पुर्जी दिँदा लिन नमान्दा स्थानीय पाँच जनाको साक्षी राखेर प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्