जापानमा वाइडबडीका २५ उडान, सबै उडानमा सञ्चालन खर्च पनि उठेन



१९ असोज २०७६, काठमाडौं

नेपाल वायुसेवा निगमले वाइडबडी विमानबाट एक महिनामा (भदौ ११ देखि असोज १५ सम्म) काठमाडौं–ओसाका–काठमाडौं दुईतर्फी उडान २५ पटक गरेको छ ।

निगमले १२ वर्षपछि खुला गरेको यो रुटमा एयरबसको ए३३० वाइडबडी विमानबाट सेवा दिइरहेको छ । एक महिनामा २ सय ७४ सिट क्षमताको वाइडबडी विमानमा एकतर्फी यात्रुको संख्या सबभन्दा धेरै २ सय ६५ पुगेको छ । निगमका अनुसार मंगलबार ओसाकाबाट फर्केर आएको उडानमा १३ बिजनेस श्रेणीका सिट र २ सय ५२ इकोनमी श्रेणीका सिटमा गरी २ सय ६५ जना यात्रु थिए । सबभन्दा कम यात्रु भदौ १३ गते थिए । उक्त उडानमा ४ जना बिजनेश श्रेणीका सहित जम्मा १८ जनामात्रै यात्रु काठमाडौंबाट ओसाका उडेका थिए ।
यो एक महिनामा वाइडबडी विमानले दुईतर्फी गरेर २३ सय २६ जना यात्रु ओसारेका छन् । जसमा जापानबाट नेपाल आउनेको संख्या १६ सय १८ छ भने ७ सय ८ नेपालबाट जापान जाने यात्रु थिए ।

एक अधिकारीका अनुसार यी सबै उडानमा निगमले सञ्चालन खर्च पनि उठाउन सकेको छैन । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्