सुरक्षा तयारी बुझेर फर्कियो चिनियाँ सेना



१८ असोज २०७६, काठमाडौं

चिनियाँ जनमुक्ति सेना(पीएलए) को उच्चस्तरीय टोली राष्ट्रपति सी जिङपिङको राजकीय भ्रमण सुरक्षा तयारीबारे जानकारी लिएर फर्किएको छ ।

सुरक्षा स्रोतका अनुसार गत साता काठमाडौं आएको टोलीले सीमित सरकारी अधिकारीसँगमात्रै भेटेको थियो । चिनियाँ सेनाको टोलीले सीको भ्रमण सुरक्षा तयारी प्रभाकारी बनाएको भन्दै खुसी व्यक्त गरेको थियो ।

सीको सुरक्षार्थ तैनाथ चिनियाँ सेनासँग भएको गोप्य छलफलपछि छुट्टाछुट्टै सुरक्षा रणनीति बनाएर व्यवस्थापन भइरहेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्