

१८ असोज २०७६, काठमाडौं
हङकङमा शनिबारदेखि मास्क लगाउन नपाइने भएको छ । मास्क लगाएर मुख लुकाउनेलाई जरिवानासहित जेल सजाय हुन्छ ।
अक्टोबर ४ को मध्यराति १२ बजेदेखि यो नियम लागू भएको हो ।
नियम उलंघन गर्नेलाई २५ हजार हङकङ डलर जरिवानाका साथै १ वर्षसम्म कैद गर्न सकिनेछ ।
विवादास्पद सुपुर्दगी विधेयक फिर्ताका बाबजुत प्रदर्शनकारीहरुले हङकङमा तोडफोड जारी राखेका छन् । गत जुलाईदेखि भइरहेको तोडफोडमा संलग्नले मुख छोपेका कारण पहिचान कठीनाइ भएपछि हङकङले मास्क
निषेधको नीति लिएको हो । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।