छिन–छिनमा पिसाब लाग्ने समस्या छ भने यसो गर्नुहोस्…….



१६ भदौ २०७६, काठमाडौं

दिनमा पाँच पटकसम्मा पिसाब आउनुलाई सामान्य नै मानिन्छ। किनकि यसबाट मृगौला स्वस्थ रहेको जानकारी पाइन्छ। तर १०–१५ चोटि आयो भने चाहिँ खतरनाक पनि हुन सक्ने चिकित्सकहरुको भनाई छ।

छिन–छिनमा पिसाब आउनु भनेको मधुमेहको लक्षण पनि हुन सक्छ। यस्तो समस्या कतै तपाईको पनि छ भने चिकित्सककहाँ जचाईहाल्नुहोस्।

जसका साथ–साथै केही घरेलु उपायहरु पनि अझ अपनाउनुभयो भने उक्त समस्याबाट छुटकारा पाउनुसक्नुहुन्छ।

त्यसैले जान्नुहोस् घरेलु यी उपायहरुः

अनार

अनारको बोक्रालाई पिँधेर त्यसमा पाँच ग्राम पानी मिसाएर पेस्ट बनाउनुहोस्। दिनदिनै त्यो खानुभयो भने छिन–छिनमै पिसाब लाग्नबाट बच्नुहुन्छ।

दही

दहीमा प्रोबायोटिक ब्याक्टेरिया भएकाले शरिरमा कीटाणु बढ्न दिँदैन।

दिनप्रतिदिन दही खाने गर्नुभयो भने घरीघरी पिसाब आउदैन।

तिल

कैलो तिलको दानासँग सक्खर वा ज्वानो खानुभयो भने पनि पिसाबको समस्याबाट मुक्ति पाईन्छ।

मह र तुलसी

एक चम्चा महका साथ तीनचारवटा तुलसीका पात मिसाएर खाली पेटमा खानुभयो भने समस्या समाधान हुन्छ ।

कुलथी

अलिकति कुलथीलाई सक्खरसँग बिहानबिहानै खानुभयो भने पनि मूत्र समस्याबाट मुक्त हुनुहुनेछ ।

मेथी

मेथीको धूलोमा सुक्खा अदुवा र मह मिसाएर पानीसँग दिनमा दुईचोटि पिउनुभयो भने पनि लाभ पाउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्