काठमाडौंको मेयर विद्यासुन्दर शाक्य अस्पतालमा भर्ना



१६ भदौ २०७६, काठमाडौं

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अस्वस्थ भएपश्चात अस्पतालमा भर्ना भएका छन्।

उनी आज बिहानदेखि त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना भएका हुन्। उनलाई डेंगु भएको आशंका गरिएको छ। उनको उपचारमा डा. खगेन्द्र बहादुर श्रेष्ठ र डा. त्रिलोकिनाथ गुप्ता लगायत संलग्न छन्। मेयर शाक्यलाई डेंगु भएको आशंका पछि थप प्रयोगशाला जाँच गर्न पठाइएको अस्पताल निकट स्रोतले जनाएको छ ।

यद्यपी मेयर शाक्यको सचिवालयले भने यस विषयमा केही जानकारी दिएको छैन। पछिल्लो समय डेंगुको महामारी फैलिएसँगै विभिन्न उच्चपदस्थ व्यक्तिहरु यसको शिकार भइसकेका छन्।

यसअघि कृषिमन्त्री चक्रपाणी खनाल, नेकपा नेता बामदेव गौतम, वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत लगायतलाई डेंगु संक्रमण भएको थियो।

प्रतिक्रिया दिनुहोस्