महिला मृत अवस्थामा फेला



१६ भदौ २०७६, काठमाडौं

महोत्तरीमा एक महिलाको शव फेला परेको छ। महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १० थापाटोल स्थिति मरहा नदिको किनारमा बिहीबार झण्डै ४० वर्षकी महिलाको शव भेटिएको हो।

मागेर जीविका चलाउँदै आएकी महिलाको शव रहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

प्रहरीका अनुसार, महिलाको घाँटी तथा टाउकोमा चोट रहेको छ।

बलात्कार गरी हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्