रोशनी शाहीको विषयमा नर्सिङ संघले सरकारसँग यस्तो माग गर्यो



१६ असोज २०७६, काठमाडौं

नेपाल नर्सिङ संघले पूर्व सभामुख कृष्णबहादुर महरासंग जोडिएको विवादास्पद विषयको निस्पक्ष छानवीन गर्न सरकारसँग माग गरेको छ। उक्त घटनामा जोडिएकी पात्र रोशनी शाही पेशाले नर्स हुन्।

संघले बुधबार विज्ञप्ती जारी गर्दै छानवीनको माग गरेको हो।

संसद सचिवालयमा कार्यरत नर्स शाही पूर्व सभामुख महराले यौन दुव्र्यवहार गरेको भन्दै गत सोमबार मिडियामा आएकी थिइन। त्यस लगत्तै महराको सभामुख पद खुस्किएको छ।

तर पछिल्लो पटक भने शाहीले बयान बदली आफूलाई महराबाट कुनै दुर्वहार नभएको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्