
१४ असोज २०७६, काठमाडौं
मृगौला मानव शरिरको संवेदनशिल अंग हो।
बद्लिदो जीवनशैली खानपान,मोटोपनका कारण पछिल्लो समय युवावस्थामा नै मृगौलाको रोग देखिन थालेको छ।
यसकोे मूख्य कार्य भनेको रगतलाई सफा गरेर शरिरमा भएका फोहोरलाई फ्याँक्ने र अत्याधिक पानीको मात्रालाई सन्तुलनमा राख्नु हो।
नेपालको सन्दर्भमा हेर्ने हो भने मृगौला रोगबाट पीडित कति छन् भन्ने यकीन तथ्याङक नभए पनि करिब ३० लाख मानिसमा मृगौला सम्बन्धी केही न केही रोग भएको सम्बन्धित विज्ञहरुको अनुमान छ।
३० लाखमध्ये ३ लाख मानिसलाई मृगौलाकोे गम्भीर खालको समस्या छ र करिब ३० हजारको मृगौला पुरै बिग्रिएको छ। त्यसमध्ये ३ हजारको प्रत्यारोपण गर्नुपर्ने अथवा नियमित रुपमा डायलासिस गर्नुपर्ने चिकित्सकहरु बताउँछन्।
चिकित्सकहरुका अनुसार, सरकारले डायलासिस गर्नुपर्ने मृगौला रोगीलाई निःशुल्क डायलासिस गर्ने व्यवस्था गरे पनि मृगौला रोगीको संख्या दिन–दिनै बढिरहेका छन्।
त्यसैले जान्नुहोस् मृगौला फेल हुनको कारणको बारेमाः

शरिरमा पोषक तत्वको अभाव भयो भने मृगौला खराव हुनसक्छ।
भिटामिन र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन नदिने चिकित्सकहरु बताउँछन्।
अनिद्रा:
राती निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ।
यसले मृगौला सम्बन्धि विभिन्न रोग उत्पन्न गराउँछ। पुरा निन्द्राले मृगौलालाई स्वस्थ राख्न मदत पुर्याउँछ।
मासु बढी खानेः
मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाईँको मृगौला समस्यामा छ।
मांसाहारले शरिरको पाचन प्रक्रियालाई प्रभावित पार्दछ। जसले मृगौलामा सोझै असर पुर्याउँछ।
गुलियो खाने बानी:
यदि तपाईँ धेरै नै गुलिया खानेकुरा खानुहुन्छ भने आजैबाट छोडिदिनुहोस्।
गुलियो बढी खाँदा यसले शरिरमा प्रोटिनको मात्रा बढी भएर मृगौलामा समस्या हुन जान्छ।

चिया कफी बढी सेवन:
चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ।
किनभने, चिया कफीले शरिरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ।
पिसाव रोक्ने:
यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि तपाईँ आफ्नो बानी सुधार्नुहोस्।
पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ।
पेनकिलर सेवन:
टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि त्याग्नुहोस्।
धेरै पेनकिलरको सेवनले तपाईँको मृगौलामा प्रभाव पार्दछ।
पानी कम पिउने:

यदि तपाईँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्न जान्छ।
पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ। यसले उल्टो परिणाम दिन्छ शरिरमा टक्सिन जम्मा हुन्छ।
जाँड रक्सी:
अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ।
यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुने चिकित्सकहरुको भनाई छ।
अत्याधिक नून:
खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ। जसले मृगौलामा दवाव पैदा गर्छ।
तपाईँले दिनमा ५ ग्राम भन्दा बढी नून खानु स्वास्थ्यको लागि हानिकारक हुन्छ।





