
१४ असोज २०७६, काठमाडौं
पेशागत सुरक्षा दिन नसकेको भन्दै चिकित्सकले सरकारलाई सेतोकोट बुझाएका छन्। आज विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगि उनीहरुले स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई भेटेर सेतोकोट बुझाएका हुन्।
एक पछि अर्को गर्दै चिकित्सक माथि दुव्र्यवहार र आक्रमण भइरहँदा समेत सरकार चुप लागेर बसेको भन्दै आफ्नो पेशाको महत्वपूर्ण प्रतिक सेतोकोट सरकारलाई बुझाएको डक्टर्स सोसाइटी अफ नेपालका महासचिव डा. तोसीमा कार्कीले बताइन्।
ओम अस्पतालमा उपचाररत विरामीको मृत्युपछि बरिष्ठ चिकित्सक प्राडा भोलाराज जोशीमाथि युटुवर तथा बिरामीका आफन्तले दुव्र्यवहार गरेको भन्दै चिकित्सक समुदाय आक्रोशित बनेका हुन्। सोही घटनालाई लिएर हिजो १० वटा छुट्टा–छुट्टै संगठनले विज्ञप्ती जारी गर्दै पेशागत सुरक्षाको माग गरेका थिए।






