
१४ भदौ २०७६, काठमाडौं
गत ४ असोजका दिन ओम अस्पतालमा उपचारको क्रममा एक महिलाको मृत्यु भएको थियो। धादिङकी २९ बर्षिया अनिता गुरुङको पत्थरीको शल्यक्रिया गर्ने क्रममा उनको मृत्यु भएको हो।
मृत्युपश्चात चिकित्सकको लापरवाहीको कारण ज्यान गएको भन्दै युटुवर र उनका आफ्न्ताहरुले शल्याक्रिया गर्ने डाक्टरलाई खोज्न थाले। अनिताको शल्याक्रिया ४ असोजको दिन बरिष्ठ युरोलोजिष्ट प्राडा भोलाराज जोशीको टिमले गरेका थिए। तर शल्यक्रियाको केही घण्टापश्चात उनको मृत्यु भएको थियो।
डाक्टरहरु भन्छन्, उनको शल्यक्रिया पछि कार्डियाक एरेष्ट भयो र मृत्यु भएको हो। उनीहरुका चिकित्सा विज्ञानमा यस्तो अवस्था दुर्भल मानिन्छ। तर भयो यस्तै, ।त्यसपछि त्यसैबाट सुरु हअुन थाल्यो लफडा।
केही समयपश्चात युटुवरहरु डा.जोशीलाई भेटाए। केरकारको शैलीमा अभद्र रुपमा प्रस्तुत भए। त्रिवि शिक्षण अस्पतालका पूर्व डाईरेक्टर समेत रहेका प्राडा जोशीले शल्यक्रिया गर्दाको अवस्था र त्यसपछिको घटनाकाबारेमा सविस्तार सुनाए। तर युटुवरको शैली झन् झन् आक्रामक बन्दै गएको थियो। यो भिडियो जव युट्युवमा सार्वजनिक भयो चिकित्सक सहित बुझ्ने सर्वसाधारणलाई समेत दुखी तुल्यायो।
तर, जुन विरुद्ध न चिकित्सक नै बोले न सर्वसाधारण। जव भिडियो भाइरल बन्दै गयो चिकित्सकहरुका संस्थाले एक पछि अर्को गर्दै विज्ञप्ती जारी गर्न थाले।
घटनाको नवौँ दिन अर्थात १२ असोजमा नेपाल शल्यचिकित्सक समाजका महासचिव डा.प्रनिल राईले विज्ञप्ती जारी गरे। दशौँ दिनमा भने अरु नौँ वटा संस्थाले विज्ञप्ती जारी गरे।
सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डे, नेपाल दन्त चिकित्सक संघका महासचिव डा. कुम्भराज जोशी, युवा चिकित्सक संघ नेपालका केन्द्रीय सचिव डा. केशवराज न्यौपाने, महाराजगञ्ज स्ववियूका सभापति डा. मिलन गैरे, रेजिडेन्ट एसोसिएशन अफ न्याम्स अध्यक्ष डा. सरदचन्द्र बराल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जुनियर रेजिडेन्ट डक्टर्स वेलफेयर सोसाइटीका अध्यक्ष डा. कविराज पौडेल, राष्ट्रिय चिकित्सक संघका महासचिव डा. रमेश ढकाल र डक्टर्स सोसाइटी अफ नेपालका महासचिव डा. तोसीमा कार्कीले हस्ताक्षर गरी संयुक्त विज्ञप्ती निकालेको केही क्षणमै नेपाल चिकित्सक संघले समेत विज्ञप्ती निकाल्यो।
विज्ञप्तीको आशय डा. जोशीमाथि युटुवरहरुले गरेको गैर जिम्मेवारपूर्ण प्रश्नको शैली थियो। आफ्नो स्पष्टीकरण दिईरहेका डा.जोशीमाथि एकै प्रकारका अवान्चित प्रश्नहरु तेस्र्याईरहेका युटुवरको जवाफमा उनले एक–पटक गोली हानेर ठिक हुने भए हान्नुस समेत भनेका छन्।








