
१३ असोज २०७६, काठमाडौं
थापाथलीको परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले बिरामी कुरुवाका लागि कुरुवा घर सञ्चालनमा ल्याएको छ।
कुरुवा घर ७० जना मानिस बस्ने क्षमताको निर्माण गरिएको हो। । अस्पतालले १० करोड रुपैयाँको लागतमा सो कुरुवा घर निर्माण गरेका हुन्।
यसअघि करुवा घर रातिको समयमा बिरामी कुर्न महिलाले मात्रै पाउने गरेका थिए। महिलाहरु पनि बिरामी नजिकै बस्नुपर्दा विभिन्न किसिमका संक्रमण फैलिने डर थियो भने बाहिर बस्दा चोरीको समस्या पनि उत्तिकै थियो।
नयाँ कुरुवा घर बनेसँगै अब पुरुष पनि कुरुवा घरमा बस्न पाउनेछन्। अस्पतालले उक्त कुरूवा घरमा बिरामीहरू निःशुल्क बस्न पाउने बताए।





