जिल्ला अदालतको भवन निर्माण गर्ने क्रममा एक मजदुरको मृत्यु



१३ असोज २०७६, काठमाडौं

जिल्ला अदालतको भवन निर्माणको क्रममा ट्रकबाट मार्वल ‘अनलोड’ गर्दा च्यापिएर एक मजदुरको मृत्यु भएको छ।

आइतबार राति ट्रकबाट मार्वल अनलोड गर्ने क्रममा च्यापिएर उनको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिराहाको लहान मोतिपुरका ३० वर्षीय नागेश्वर सदाय रहेको प्रहरीले बताए। उनलाई उपचार लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी मित्रबन्दु शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्