बुटवलमै छाला र यौन रोगको उपचार



१३ असोज २०७६, काठमाडौं

प्रदेश नं ५ को केन्द्र बुटवलमा छाला र यौन रोगको उपचारका लागि स्किन एण्ड लेजर सेन्टर सञ्चालनमा आएको छ। सेन्टरको आइतबार उद्घाटन गर्दै प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले नाफा कमाउने भन्दा जनताकोे सेवाका लागि सेन्टर स्थापना गरिएको भन्ने भावना आत्मासात गर्न आग्रह गरेका हुन्।

उनले आधुनिक चिकित्सा विज्ञानका कारण जटिल रोगको समेत साधारण तरिकाले उपचार सम्भव भएको बताउँदै यसलाई दुर्गम क्षेत्रमा विस्तार गर्नुपर्ने बताए।

प्रदेशसभाका सदस्य भोप्रसाद श्रेष्ठ र दधिराम न्यौपानेले प्रदेशमै छाला र यौनसम्बन्धी सबै प्रकारका स्वास्थ्य सेवाको सहज उपलब्धता हुनु महत्वपूर्ण विषय भएको बताए। कार्यक्रममा वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेल, नेपाल चिकित्सक सङ्घका रुपन्देही अध्यक्ष नन्दा गुरुङ, पुनाराम पोखरेल, लेखक ऋषि आजादलगायतले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सुझाव दिए।

छाला तथा यौन रोग, कुष्ठरोग तथा सौन्दर्यसम्बन्धी रोगले प्रभाव पार्ने शारीरिक, मानसिक र सामाजिक समस्याको निराकरण गर्ने उद्देश्यले रु एक करोड ९५ लाख ८० हजारको लगानीमा छाला र यौन रोगको उपचार केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष यमबहादुर थापामगरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्