
१३ आसेज २०७६,काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहेवको समायोजन गरेको छ। मन्त्रालयले आइतबार १० हजार बढी अहेवको समायोजन गरी पत्र डिसप्याच गरेको बताएको छ।
मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले अहेवको समायोजनको पत्र ‘डिसप्याच’ भैसकेको पुष्टि गरेका हुन्। उनले भने, ‘अहेवको पत्र हिजो हिडिसक्यो। अब आज उनीहरुको सूची वेवसाइटमा पनि राखिन्छ होला।’
अहिले समायोजनको पत्र पठाईएपनि विवाद भने कायम नै रहने देखिएको छ। ‘गुनासो सम्वोधन सायद भएको छैन। अब कति गुनासो पर्छन् त्यसपछि मात्रै मिलाउने प्रयास हुन्छ होला,’ मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका एक अधिकारीले बताए।
प्रवक्ता श्रेष्ठले नमिलेको भए पुन गुनासो लिएर सच्याउने प्रयास गरिने बताए।





