महामारी डेङ्गुका कारण इलाममा एकको मृत्यु



११ असोज २०७६, काठमाडौं

डेङ्गु संक्रमणका कारण इलाममा एक जनाको मृत्यु भएको छ। इलाम नगरपालिका–६ खरेलडाँडाका गणेश ताम्लिङ्ग सुब्बाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

ज्वरो आएर इलाम अस्पतालमा भर्ना भएका सुब्बा कलेजो र मृगौलाको समस्या भएको भन्दै असोज ४ गतेको दिन नोबेल अस्पतालमा पठाइएको थियो।

जिल्ला अस्पताल इलाममा डेङ्गुको किट अभाव भएको कारण गणेशको अस्पतालले समयमा रोग पहिचान नगरिदिएकाले मृत्यु भएको परिवारको भनाई रहेको छ।

यता भने अस्पतालले इलाम नगरपालिकासँग पहिले नै डेङ्गुको किट माग गरे पनि नगरपालिकाले तदारुकाता नदेखाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्