
११ असोज २०७६, काठमाडौं
जर्मनीमा तीन बर्षमूनिका शिशुहरूको सेवाका लागि अझै करिब ३ लाख २० हजार स्थानमा शिशु स्याहार केन्द्रको अभाव रहेको जर्मन इकोनोमिक इन्स्टिच्युटले शुक्रबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।
जर्मनीका नगरपालिका तथा शहरहरूमा रहेका १ लाख ५५ हजार शिशु स्याहार केन्द्रलाई सन् २०१४ देखि अहिलेसम्ममा आठ लाख १८ हजार पुर्याईएको पनि प्रतिवेदनमा उल्लेख छ। यो वृद्धिले पनि जर्मनीमा शिशु स्याहार सुविधाका लागि आवश्यक केन्द्रहरूको माग पूरा हुन नसकेको इन्स्टिच्युटले दावी गरेको छ ।
सन् २०१४ सम्ममा जर्मनीमा थप एक लाख ९० हजार शिशु स्याहार केन्द्रको आवश्यकता रहेको थियो।
“जर्मनीमा पछिल्लो समय जन्मदरमा देखिएको वृद्धिका कारण शिशु स्याहारका लागि यस्ता केन्द्रहरूको माग दैनिक बढिरहेको तथ्याङ्कले देखाएको छ,” संस्थाका परिवार नीतिमामिला वरिष्ठ अर्थशास्त्री विदो गेइस थोएनले बताए।





