
१० असोज २०७६, काठमाडौं
विश्व मुटु दिवसको अवसरमा नर्भिक इन्टरनेसनल अस्पतालले आज ९शुक्रबार० प्रभातफेरीको आयोजना गरेको छ। हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन मुटु दिवस मनाईदै आएको हो।
प्रभातफेरीमा गतवर्ष नर्भिकमा विविध प्रकारका मुटुरोगका सफलतापूर्वक उपचार गराई नयाँ जीवन प्राप्त गरेका बिरामी, चिकित्सक, नर्भिकका कर्मचारी र सर्वसाधारण सहभागी थिए।
उक्त प्रभातफेरीमा नर्भिक अस्पतालका मुटुरोग विभागीय निर्देशक प्राडा यादवदेव भट्टसहित अन्य मुटुरोग विशेषज्ञहरू, कर्मचारीहरू लगायत, संघ संस्थाका पदाधिकारीहरू गरी करिब २०० जना सहभागी थिए।
प्रभातफेरि बिहान ६ः३० बजे नर्भिकको प्राङ्गणबाट सुरु भई कुपण्डोल, पाटनढोका, कृष्णमन्दिर हुँदै नर्भिक पुगेर टुङ्गिएको थियो।
सेप्टेम्बर २८ तारिख अर्थात् भोलि असोज ११ गते शनिबार नर्भिकले विश्व मुटु दिवस २०१९ को औपचारिक कार्यक्रम आयोजना गरिने भएको छ।
विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन्। मुटुरोगलाई संसारकै एक नम्बरको मृत्युको कारण पनि मानिन्छ।





