निःशुल्क आँखा शिविरमा ३ सय २१ जनाको आँखा परीक्षण, ७२ जनाको शल्यक्रिया



१० असोज २०७६, काठमाडौं

सिन्धुपाल्चोकस्थित चौतारामा सोमबार र मंगलबार सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ३ सय २१ जनाको आँखा परीक्षण गरिएको छ। जसमध्ये ७२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया समेत गरिएको हो।

तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौं र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकको आयोजना एवं सामुदायिक आँखा केन्द्र चौतारा, नेपाल रेडक्रस सोसाइटी चौतारा उपशाखा, स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक र जनता बैंक नेपाल लिमिटेड चौतारा स्थानीय आयोजक रुपमा सोमबार र मंगलबार शिविर सञ्चालन गरिएको थियो।

शिविरमा आँखा परीक्षण गराएकामध्ये ७२ जना बिरामीको शिविरस्थलमै मोतिविन्दुको अपरेसन गरिएको आयोजक नेपाल रेडक्रस सोसाइटी सिन्धु शाखाका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिए।

बिरामीको अपरेशन गर्न जनता बैंकले आर्थिक सहयोग गरेको हो। आँखाको अपरेसन गरेका बिरामीहरुको २ दिनसम्म शिविरमै नियमित जाँच गरिएकोमा सबैको अवस्था सामान्य रहेको सामुदायिक आँखा केन्द्र चौताराका प्रमुख कृजन सुवालले बताए।

प्रतिक्रिया दिनुहोस्