‘एपीक्याट’को पाँचौँ शिखर सम्मेलन भरतपुरमा हुँदै



१० असोज २०७६, काठमाडौं

सूर्तिजन्य पदार्थ र नसर्ने रोगविरुद्ध एसिया प्रशान्त क्षेत्रका नगरहरूको दबाब समूह अलाइन्स एसिया प्यासिफिक सिटिज् अलाइन्स फर टोवाको कन्ट्रोल एन्ड एनसीडीज (एपीक्याट) को पाँचौ शिखर सम्मेलन भरतपुरमा हुने निर्णय भएको छ।

इन्डोनेसियाको बोगरमा बिहीबार सम्पन्न चौथो शिखर सम्मेलनले आगामी सन् २०२० को सम्मेलन नेपालको भरतपुर सिटीमा गर्ने भएको हो।

एपीक्याटमा नेपाल सहित भारत, बंगलादेश, फिलिपिन्स, सिंगापुर, कम्बोडिया, मलेसिया, भियतनाम, इन्डोनेसिया, म्यानमार, लाओस,लगायत १२ देश सदस्य छन्।

विहीबार सम्पन्न सम्मेलनले १२ बुँदे बोगर घोषणापत्र जारी गरेको छ।

उक्त घोषणा पत्रमा घोषणापत्रमा अब हरेक जिल्ला तथा नगरहरुमा सूर्ति नियन्त्रण सम्बन्धी कानूनको सतप्रतिशत कार्यान्वयन गर्ने, सूर्तिजन्य पदार्थ, मदिराजन्य पदार्थ तथा गुलिया पेय पदार्थमा भारी मात्रामा कर बृद्धि गर्न सरकारसमक्ष पैरवी गर्ने, सूर्तिजन्य पदार्थको विज्ञापन, प्रवर्धन, प्रायोजन तथा सजावटलाई पूर्ण रुपमा बन्द गर्ने छन्।

यस्तै, विद्युति चुरोट, हुका तथा अरु सूर्तिजन्य पदार्थलाई प्रतिवन्ध लगाउन सरकारसमक्ष आग्रह गर्ने, कम्तीमा सरकारी कार्यालय, स्वास्थ्य, शिक्षा तथा शिशु स्याहार केन्द्रमा गुलिया पेय पदार्थको प्रयोगमा प्रतिवन्ध लगाउने, सूर्तिजन्य पदार्थ, मदिराजन्य पदार्थ तथा गुलिया पेय पदार्थको विक्री वितरणका लागि लाइसेन्स लिनुपर्ने, सूर्ति उद्योगको हस्तक्षेप तथा लविङलाई तोडन एकजुट हुने, पेशागत संगठन, तथा मिडियासंग सहकार्य गर्ने, सूर्तिजन्य पदार्थ नियन्त्रण गर्ने कार्यका लागि सांसद तथा मिडियाहरुको क्षेत्रीय गठनबन्धन निर्माण गर्ने लगायतका छन्।

प्रतिक्रिया दिनुहोस्