संसद सचिवालयका कर्मचारी कामबिना नै घरपायक काज बिदा लिँदै भत्ता बुझ्दै



१० असोज २०७६, काठमाडौं

संसद् सचिवालयका कर्मचारीले घरपायक काज बिदा लिँदै भत्ता बुझ्दै गरेको भेटिएको छ ।

आव २०७५/७६ मा अधिकांश कर्मचारीले कि घरपायक कि दूर्गम ठाउँका लागि काज लिएर भत्ता लिएको सचिवालयको भनाइ छ ।

कान्तिपुरलाई प्राप्त तथ्यांकअनुसार ३४४ कर्मचारीले सचिवालयलाई आर्थिक भार पर्ने गरी काज लिएका छन् ।

उनीहरुको काज भ्रमणका लागि सचिवालयले अघिल्लो आर्थिक वर्षमा ५२ लाख रुपैयाँ खर्चिएको छ । यो खर्चमा काज भ्रमणका लागि उनीहरुले लिएको यातायात भत्ता जोडिएको छैन ।

नियमअनुसार अधिकृत तहसम्मका कर्मचारीले हवाई र त्यो भन्दा तलका लागि आवतजावत बस भाडा सचिवालयले नै बेहोर्छ । यो समाचार कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्