
०९ असोज २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित त्रिज्योति माविका सहायक प्राचार्य गणेश कुमार मिश्र प्राचार्यमा नियुक्त भएका छन् । विगत २४ वर्षदेखि शिक्षण क्षेत्रमा रहेका प्राचार्य मिश्रले त्रि-ज्योति माविमा १४ वर्ष अघि सह-प्राचार्यको रुपमा प्रवेश गरेका थिए ।
शैक्षिक तथा प्रशासनिक क्षेत्रमा रही महत्वपूर्ण भूमिका निर्वाह गरि कपनको समाजलाई शिक्षाको उज्यालो किरण छर्नमा मिश्रले पुर्याएको योगदान प्रशंसनीय रहेको विद्यालय व्यवस्थापन समितिले बताएको छ । जीवनलाई शिक्षाको माध्यमबाट समाज परिवर्तनको सूचक मान्ने प्रचार्य मिश्र प्राध्यापन क्षेत्रमा मात्र नभएर साहित्यमा समेत क्रियाशील रहेको बताउँछन् ।
यसरी समाजलाई योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्न नसकिएको वर्तमान अवस्थामा प्रचार्य मिश्रले सम्मानको निम्ती भन्दा पनि सेवाका निम्ती आफूलाई सदैव उभ्याएका छन् । त्यसैले त्रिज्योति माविको शैक्षिक, प्रशासनिक क्षेत्रमा आगामी समयमा झनै सफल बन्ने विश्वास लिएका छन् । प्राचार्यमा नियुक्त मिश्रले कपनको भूमीलाई शिक्षित बनाउनमा व्यक्तिगत जीवनलाई टाढा राखेर सामूहिक स्वार्थमा कलम चलाएको बताए ।
प्राचार्यमा नियुक्त भएका गणेश कुमार मिश्रलाई बधाई तथा शुभकामना दिने अविभावक तथा विद्यार्थीहरुले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरुमध्ये उनी पनि एक रहेको बताए ।
प्राचार्य मिश्रले आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तरमा अझ सुधार गरी विद्यालयलाई जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित गर्नुका साथै खेलकुदको क्षेत्रमा समेत विशेष पहल गर्ने बताए ।





