कुन भिटामिनले शरिरलाई कस्तो फाईदा पुर्याउँछ? एक चोटि अवश्य पढ्नुहोस्



०९ असोज २०७६, काठमाडौं

भिटामिनले शरिरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गरि हामीलाई विभिन्न रोगको संक्रमणहरुबाट बचाउँछ।

हरियो सागपात अर्थात सबै जातका तरकारीहरुमा भिटामिन पाईने चिकित्सकहरु बताउँछन्।

सबै जातका फलफूल, फुल, माछा, मासु र दूधमा पनि भिटामिन हुन्छ। भिटामिन ए,बी,सी,डी ई र के गरी विभिन्न थरीका हुन्छन्।

विभिन्न फलफुल, सागपात तथा तरकारीमा विभिन्न थरीका भिटामिनहरु पाइन्छ।

आज हामी तपाईलाई कुन भिटामिनले शरिरलाई कस्तो फाइदा गर्छ भनेर जानकारी दिदैछौंः

भिटामिन ‘ए’

–आँखालाई स्वस्थ बनाउन मदत गर्दछ।

–छालामा हुने रोगहरुबाट बचाउँछ।

–शारीरिक वृद्धि विकास गराउँन मदत गर्दछ।

–अन्य रोगको संक्रमणहरुबाट बचाउँछ।

भिटामिन ‘वी’

–कमजोर थकावट कम गर्न,

–रुचि बढाउँछ।

–स्नायु सम्बन्धी रोग हुन दिदैंन।

–मांशपेशी सम्बन्धी रोग लाग्न दिदैंन।

–स्मरण शक्ति कायम राख्न मदत गर्दछ।

भिटामिन ‘सी’

–गिजा सम्बन्धी रोग हुन दिदैंन।

–छाला भित्र रगतका कोशिका फुट्न दिदैंन।

–रक्त अल्पताको कम गराउँछ।

–विभिन्न रोगबाट प्रतिरोध गर्दछ।

–लामो समयसम्म निरोगी रहन मदत गर्छ।

भिटामीन ‘डी’

–शरिरको हड्डी बलियो बनाउँछ।

–क्याल्सियम जस्ता खनिज तत्व सोस्छ।

–रिकेट्स र अन्य हड्डी सम्बिन्धी रोगबाट बचाउँछ।

भिटामिन ‘ई’

–शरीर भित्रको अत्यावश्यक चिल्लोहरु बचाईराख्छ।

–रातो रक्तकोष बनाउँछ।

–भिटामिन ए, क्यारोटीन जस्ता तत्वहरु बचाई राख्छ।

–कोष, कोशिकाहरु नष्ट हुन दिदैंन।

भिटामिन ‘के’

–शरिरका चोट लाग्दा अधिक रगत शरिरबाट बग्न रोकथाम गर्छ।

–घाउ चोट निको पार्दछ।

प्रतिक्रिया दिनुहोस्