भारतीय व्यवसायीहरु चराउने बहानामा खसी नेपाल भित्र्याउँदै



०९ असोज २०७६,काठमाडौं

चाडबाड नजिकिँदै गर्दा भारतीय खसी तस्करी बढ्दो छ । व्यावसायीका अनुसार खुला सिमानाका कारण भारतीय व्यवसायीहरुले चराउने बहानामा खसी नेपाल भित्र्याउँदै तस्करी गरेको जानकारहरु बताउँछन् ।

चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष भानुभक्त पराजुलीका अनुसार हाल दैनिक ३०० देखि साढे तीन सय भातरीय खसी अवैधरुपमा भित्रिन्छ ।

‘बाँके, बर्दिया, कञ्चनपुर, कैलाली, रुपन्देहीलगायत जिल्लाबाट बढी भित्रिएका छन्,’ पराजुलीले भने,‘ती जिल्लामा मेसिनले पाठापाठी जन्माए जसरी खसीबोका बढेका छन् ।’

चोरी तस्करीबाट आयात भएका खसीबाट उपभोक्ताहरु गुणस्तरसँगै मूल्यमा पनि मारमा पर्ने उनले बताए । यो समाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्