जंगली च्याउँ खाँदा एकै परिवारका पाँच जना अस्पताल भर्ना



०८ असोज २०७६, काठमाडौं

पाल्पाको रामपुर नगरपालिकामा जंगली च्याउ खाना पुग्दाँ पाँच जना बिरामी परेका छन्।

रामपुर नगरपालिका–४ खप्टारका ५३ वर्षीय ठगबहादुर खाँण, ३९ वर्षीय तुलबहादुर मल्ल, ३४ वर्षीया केसरी मल्ल, १४ वर्षीय अनुप थापा, र ११ वर्षीय शंकर खाँण बिरामी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिए।

उनीहरूको रूपन्देहीको सिद्धबाबा अस्पतालमा उपचार भइरहेको छ। बिरामीमध्ये तीन जनाको आईसीयूमा उपचार भइरहेको छ।

यद्यपि उनीहरूको अवस्था खतरामुक्त छ। दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए।

घर नजिकै रहेको जंगलबाट ल्याएको च्याउ उनीहरूले मंगलबार राति तरकारी पकाएर खाएका थिए।

प्रतिक्रिया दिनुहोस्