विराटनगर आँखा अस्पतालले चार लाख ९८ हजार ७७० जनालाई बहिरङ्ग सेवा प्रदान



०८ असोज २०७६, काठमाडौं

विराटनगर आँखा अस्पतालले आठ वर्षको अवधिमा चार लाख ९८ हजार ७७० जनालाई बहिरङ्ग सेवा प्रदान गरेको जनाएको छ । तीमध्ये ७६ हजार ५२० जनालाई शल्यक्रिया सेवा प्रदान गरेको छ ।

अस्पतालले बिना सुई मोतियाविन्दुको शल्यक्रिया सेवा, पर्दासम्बन्धी सम्पूर्ण सेवा, जलविन्दु, scleral fixation zNolqmof, occulopastic, A/B scan/ cct, Pascal laser, yag laser सेवा, बहिरङ्ग सेवा, २४ सै घण्टा आकस्मिक सेवा, प्रयोगशाला, फार्मेसी सेवा, चश्मा वितरण, निःशुल्क अन्तरङ्ग सेवा र निःशुल्क परामर्श सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये प्रायः जलविन्दुको समस्या भएर आउने गरेकाले मेडिकल रेटिन तथा जलविन्दुसम्बन्धी उपचार सेवा पनि विस्तार गरिएको छ ।

विश्वमा अन्धोपनको पहिलो कारण मोतियाविन्दु र दोस्रो कारण रेटिना पर्दासम्बन्धी समस्या भएका आँखाका बिरामी भएकोले नै रेटिना सेवा विस्तार गरेको अस्पतालका राजेश प्रसाईँले बताए ।

सरदर आठजना बिरामीमध्ये एक जना बिरामी उच्च रक्तचाप तथा मधुमेहबाट पीडित रहेको तथ्याङ्क छ । तीमध्ये ७० देखि ८० प्रतिशत मधुमेहका बिरामी भएको अस्पतालले बताएको छ । मधुमेह बिरामी हुने समस्यालाई निराकरण गर्न अस्पतालले सर्वसुलभ उपचार पद्धति शुरु गरेको छ । रेटिना बिरामीका लागि एएनटीआई लगाउने कार्य पनि थालिएको आँखाका चिकित्सक आदी खत्रीले बताए।

प्रतिक्रिया दिनुहोस्