अब सिमकार्डमा पनि ‘केवाईसी’



०८ असोज २०७६, काठमाडौं

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको सिमकार्ड लिने ग्राहकलाई थप व्यवस्थित गर्न बैंकमा जस्तै ‘नो योर कस्टोमर’(केवाईसी) सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ ।

सीम कार्ड लिने ग्राहकको पूर्ण विबरण लिई वितरणलाई व्यवस्थित गर्ने तथा आपराधिक क्रियाकलाप रोक्न केवाईसी अवधारणा ल्याइएको हो ।

केआइसी कार्यविधिको मस्यौदा निर्माण भइरहेको छ । आउँदो आर्थिक वर्षको सुरुदेखि नै यो कार्यविधि कार्यान्वयनमा ल्याउने गरी काम भएको प्राधिकरणले जनाएको छ । यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्