प्रधानमन्त्रीको प्रश्न – जहाज किनेर के लडाउन ल्याएको हो ?



०८ असोज २०७६, काठमाडौं

विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एक पटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन्, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन् ।’

ती साथीले भनेछन्, ‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, जहाज थुप्रै छन् । उड्दैनन् र यहाँ धेरै देखिएका छन् । मैदानभरि छन् । वाइडबढी पनि छन् । तर, जमिनमा छन् । आकाशमा छैनन् ।’

प्रधानमन्त्री ओलीले निगम दिवसमा यो प्रसंग सुनाउँदा त्यही संस्थाका कर्मचारीले परर्र ताली बजाए । जुलाई १ मा त्यसो भनेको तीन मिहना बित्न लाग्यो, थन्किएका जहाँज उडेनन् । बरु उडिरहेका थप थन्किए । सन्दै अचम्म रु निगमसँग १४ जहाज छन्, उड्छन् ६ वटा । बाँकी सबै प्रधानमन्त्रीले भने जस्तै ‘जमिनमा छन् ।’ यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा अखण्ड भण्डारी र राजु बाँस्कोटाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्