सडक पार गर्न कुकुरको ‘एक्टिङ्ग’(भिडियो सहित)



०६ असोज २०७६, काठमाडौं

थाइल्याण्डस्थित् बैंककमा एक कुकरले शानदार एक्टिङ्ग गरेर सबैको मन जितेको छ।

कुकरले सडक पार गर्नका लागि खुट्टा भाचिएको एक्टिङ्ग गरेको भिडियो अहिले ट्वीटरमा भाइरल बनिरहेको छ।

कोही खानका लागि कुकुरले यस्तो नाटक गरेको हुन् सक्ने अनुमान लगाइरहेका छन् भने कोही मानिसको ध्यान खिच्न वा मानिसलाई दुःख दिन यस किसिमको एक्टिङ्ग गरेको हुनसक्ने अनुमानहरू गरिएको छ।

म्याड एगल  ट्वीटर प्रयोगकर्ताले उक्त भिडियो रेकर्ड गरेका हुन्।

उनको अनुसार त्यस सडक हुँदै हिँडिरहेकाहरु उक्त कुकुरलाई देखेर हैरान भएका थिए। ‘यहाँसम्मकी म पनि आश्चर्यचकित भएँ’, उनले भनेकी छिन्। शोसल मिडियामा भाइरल भइरहेको उक्त कुकुरको नाम ‘गाय’ बताइएको छ।

प्रतिक्रिया दिनुहोस्